नेपाल र नेपालीको छविलाई उच्च राख्न सबैको सहयोग आवश्यक : ओमानका लागी नेपाली राजदूत ढकाल

नेपाल र नेपालीको छविलाई उच्च राख्न सबैको सहयोग आवश्यक : ओमानका लागी नेपाली राजदूत ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राजदूतावास मस्कटले ओमानमा रहेका नेपाली संघ–संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको छ ।

 

कार्यक्रममा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले नेपाली दूतावासले गर्न लागेको ‘मस्कट फेस्टिवल’  र नेपाल–ओमान कूटनीतिक सम्बन्ध स्थापनाको ४१ औं वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रमको बारेमा छलफल गरेकी थिईन ।

 

 

ओमानको लागी पहिलो नेपाली राजदूत समेत रहेकी ढकालले  महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्न लागेको जानकारी समेत दिएकी थिईन ।

 

 

राजदूत ढकालले दुतावासले आयोजना गर्न लागेको यस्ता विविध कार्यक्रमहरुले नेपाल– ओमानको द्विपक्षीय सम्बन्धको सुदृधिकरण, नेपालको संस्कृति र पर्यटनको प्रवर्धन तथा सम्पूर्ण नेपाल र नेपालीहरुको छविलाई उच्च पार्ने भएकोले यस्ता कार्यक्रमहरुमा सवैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेकी थिईन ।

 

दूतावासले  जारी गरेको विज्ञप्तीमा  नेपाली संघ–संस्थाका प्रतिनिधीहरुले दूतावासको भावी योजनाहरुको प्रशंसा गर्दै आ–आफ्नो ठाउबाट पूर्ण सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेको उल्लेख छ ।