एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – एक नम्बर प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गरेको छ । एमाले तथा माओवादी केन्द्रले एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका थिए ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलार्ई प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले नियुक्त गर्नु भएको हो ।

संविधानले प्रदेश सभा सदस्यको १० प्रतिशत संख्याको आधारमा मन्त्रालय तथा मन्त्री बनाउने बाटो रहेको भए पनि संविधानमा उल्लेख गरिएको भन्दा सानो आकारको मन्त्रीमण्डल बनाएर कार्य सञ्चालन गरिने नवनियुक्त मुख्यमन्त्री राइले बताउनुभयो ।