१ सय १९ जनाले तिरेनन् कर, महालेखाले निकाल्यो ३५ दिने सुचना

१ सय १९ जनाले तिरेनन् कर, महालेखाले निकाल्यो ३५ दिने सुचना


काठमाडौं – कर नबुझाउने १ सय ११ व्यक्ति तथा कम्पनीको नाम सार्वजनिक भएको छ । पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि महालेखा नियन्त्रक कार्यालयले बुधबार ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

कार्यालयमा सरकारी रकम तिर्न बांकी हुनेहरुको लगत कायम गरी निजहरुको नाममा महालेखा नियन्त्रक कार्यालय (एफसीजीओ) को वेव साइटमा रकम बुझाउन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । सो सूचना र प्रयासका बाबजुत पनि कर तिर्न आनाकानी गर्नेहरुलाई बाध्य भएर निजहरुको तिनपुस्ते विवरण प्रकाशित गर्नु परेको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

विभिन्न व्यवसाय गर्ने १ सय १९ व्यक्ति तथा कम्पनीहरु कर नबुझाई सम्पर्कविहीन भएका छन् । सार्वजनिक प्रकाशित भएको ३५ दिन भित्रमा कार्यालयमा सम्पर्क राखी बुझाउन बांकी रकम नबुझाए उनीहरुको सम्पती सरकारले लिलामी गर्ने जनाएको छ । महालेखा नियन्त्रक कार्यालयलका अनुसार यसरी कर नतिर्नेमा पूर्व प्रहरीदेखि भुत पूर्व सासंदहरु पनि रहेका छन् ।

कर नतिरेर फरार रहने सासंदमा यादबसिंह रायमाझि तथा कृष्णप्रसाद उप्रेती छन् । यस्तै होटल मल्लका प्रबन्ध निर्देशक महाराजकुमारी रमा मल्ल र अन्नपुर्ण इन्टरनेशनल दरवारमार्ग काठमाडौं महाप्रबन्धक तप्तबहादुर बिष्टलगायतले कर बुझाएका छैनन् । साथै, विदेशी कम्पनीहरुमा टेनास रिर्सोस कम्पनी, इमिरेर्स एसिएट विजनेश ग्रुप र बीबीबी च्यापिएन आयल कर नबुझाई फरार रहेका छन् ।