आयल निगमको प्रमुखमा १७ जनाको आवेदन, मुकेश काफ्ले पनि प्रमुख हुने दौडमा !

आयल निगमको प्रमुखमा १७ जनाको आवेदन, मुकेश काफ्ले पनि प्रमुख हुने दौडमा !


काठमाडौं– नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ। २३ जेठमा निगम प्रमुख गोपाल खड्काले राजनामा दिएपछि उक्त पद खाली छ । निगमले गत २९ भदौमा निगमको प्रबन्ध निर्देशक लागि आवेदन माग गरेको थियो। आवेद दिनमा सवै यसअघि उच्च पदमा बसिसकेकाहरु छन् । आयोगले १५ दिनको समयसीमा राखेर आवेदन माग गरेको थियो ।

आवेदन दिनेमा उदयपुर सिमेन्ट लिमिटेडका प्रमुख सुरेन्द्र पौडेल, नेपाल विद्यूत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक मुकेश काफ्ले खाद्य संस्थानका पूर्व महाप्रबन्धक डा. शिवहरी श्रेष्ठ र निगमकै प्रबन्धक प्रलयंकर आचार्य लगायत छन्।

काफ्लेलाई लोडसेडिङ गराएर मुलुकलाई अन्धकारमा राखेको आरोप छ । हाल आयोगको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सुशील भट्टराईले सम्हाल्दै आएका छन् । उनि निगमकै ११ औं तहका कर्मचारी हुन ।

उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालयलेद्धारा गठित मूल्यांकन समितिले प्राप्त आवेदनलाई सर्ट लिष्ट गरेर मन्त्रिपरिषद्समक्ष सिफारिस पेस गर्ने तयारी गरेको छ । त्यसपछि मूल्यांकन समितिको सिफारिसमा आधारित रहेर मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशकको नियुक्तिको निर्णय गर्ने व्यवस्था छ।