प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारलाई सभामुख महराको आग्रह

प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारलाई सभामुख महराको आग्रह


काठमाडौँ – सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिएका छन् ।

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै उनले संसद् जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने उच्चतम् थलो भएकाले यहाँ भएका जीवन्त छलफललाई जनतासामु पु¥याएर रचनात्मक सहयोग पु¥याउन आग्रह गरे ।

सभामुख महराले भने , “पत्रकारलाई आरोप छ, जहिले पनि प्रतिपक्षजस्तो मात्रै हुने, रचनात्मक ढङ्गले आलोचना र सुझाव दिएर तपाईँहरुले सहयोग गर्नुपर्छ, जनता र राज्यको पक्षमा उभिएर सञ्चार जगत्ले सहयोग पु¥याओस् भन्ने हामीले अपेक्षा गरेको छौँ ।”

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताका सरोकारलाई पारदर्शी ढङ्गबाट अघि बढ्दा लोकतन्त्रको सुदृढीकरण हुने भएकाले त्यसतर्फ काम गर्न पत्रकारलाई सुझाव दिए । आयोजक समितिका संयोजक नरेन्द्र साउदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचित पदाधिकारीलाई सभामुख महराले प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास बढाउने दायित्व पूरा गर्ने काममा साथ पनि पत्रकारहरुलाई आग्रह गरे। उनले संवैधानिक व्यवस्थाअनुसार कानुनहरूको निर्माण तथा संशोधनको काम अघि बढने भएकाले त्यसमा पत्रकारहरूको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताए।