राष्ट्रिय चिकित्सा शिक्षा सहित राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

राष्ट्रिय चिकित्सा शिक्षा सहित राष्ट्रपतिद्वारा चार अध्यादेश जारी


काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले  बिहिवार विभिन्न चारवटा अध्यादेश जारी गरेकि छिन् ।

उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरेकि हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेकि हुन् ।