डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ स्थिर, अरुको के छ ?

डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ स्थिर, अरुको के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोमबारका लागि राष्ट्र बैंकले तोकेका् विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ आज (सोमबार) स्थिर रहेको छ । त्यस्तै कोरियन वन केही पैसाले घटेको छ भने कुवेती र बहराइन दिनारको भाउ केही पैसाले बढेको छ ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा छ ।

सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । यस्तै कुवेती दिनारको १ को खरिददर ३६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५३ पैसा तोकिएको छ । हिजो खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७० रुपैयाँ २३ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ २८ पैसा र बिक्रीदर २९८ रुपैयाँ ८७ पैसा छ । हिजो खरिददर २९७ रुपैयाँ २४ पैसा र बिक्रीदर २९८ रुपैयाँ ८३ पैसा थियो ।

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको थियो । राष्टरू बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।