अक्सिजनको कमीले भारतीय महिलाको सिमकोटमा मृत्यु

अक्सिजनको कमीले भारतीय महिलाको सिमकोटमा मृत्यु


हुम्ला – अक्सिजनको कमीले भारतको केराला मालापुरणकी ५६ वर्षीया लीला महेन्द्र नारायणको मृत्यु भएको छ । मानसरोवरको कैलाश यात्रा गरी आइतबार उनी हुम्ला आइपुगेका थिए । सिमकोट विमानस्थलका प्रहरी नायब निरीक्षक मदन शाहीले लेक लागेर उनको मृत्यु भएको बताए ।

मृतकको शव पनि विमानस्थलमै छ । असार १५ गते देखिको खराब मौसमका कारण विमानस्थलमा भारतीय र नेपाली नागरिक अलपत्र परेका छन् । पन्ध गते बिहानदेखि हल्का पानी पर्नुका साथै हुस्सु लागेपछि नेपालजञ्ज र सुर्खेतबाट हवाईजहान आउन नसक्दा ४०० जना सिमकोट विमानस्थलमा र सिमकोटको कोहिल्सा नाकामा १५० यात्री अलपत्र परेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।