टी–२० सिरिज : न्यूजील्याण्डले पाकिस्तानलाई ९ विकेटले हरायो

टी–२० सिरिज : न्यूजील्याण्डले पाकिस्तानलाई ९ विकेटले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ५ खेलको टी–२० सिरिजमा न्यूजील्याण्डले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ९ विकेटले हराएको हो ।

न्यूजील्याण्डको ह्याग्ली पार्क क्रिकेट मैदानमा पाकिस्तानले दिएको ९१ रनको लक्ष्य पछ्याएको न्यूजील्याण्डले १०.१ ओभरमै भेट्टायो ।

न्यूजील्याण्डका लागि टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १८.४ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो ।

पाकिस्तानका लागि खुशदिल शाहले ३२ रन बनाए भने कप्तान सलमान अघाले १८ र जहानदाद खानले १७ रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर क्याकाब डफीले ४ विकेट लिए भने किल जामिएसनले ३ तथा इश सोढ़ीले २ विकेट लिए ।

यो जितपछि पाकिस्तानले ५ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ र सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।