बिपिन रावतको बयान दिवालिया सोचको पहिचानः पाकिस्तान

बिपिन रावतको बयान दिवालिया सोचको पहिचानः पाकिस्तान


इश्लामावाद – पाकिस्तानको विदेश मन्त्रालयले बिपिन रावतको बयानलाई अत्यन्त गैर जिम्मेवारपूर्ण भएको बताएको छ । मन्त्रालयले भनेको छ, ‘यो टिप्पणीले चरमपन्थी मानसिकता तथा दिवालिया सोचलाई उजागर गर्छ, जुन स्पष्ट रुपमा भारतको राजकिय संस्थानमा असफल भइसकेको छ ।’

बिहीबार नयाँ दिल्लीमा भएको रायसीना डायलग २०२० नामक एक कार्यक्रममा जनरल रावतले पाकिस्तानलाई उद्र्धृत गर्दै आतंकवादलाई बढावा दिने देशले आतंक निरोधक संस्था एएफटीएफलाइ कालो सूचीमा राख्ने र कुटनीतिक रुपमा पृथक राख्न आवश्यक भएको बताएका थिए ।

यसको जवाफमा पाकिस्तानी विदेश मन्त्रालयले एक आधिकारिक बयानमा लेखेको छ,‘भारत प्रशाशित कश्मीर पहिलेनै विश्वकै सबैभन्दा ठूलो जेल बनिसकेको छ । जसमा ८० लाख भन्दा बढी कश्मीर २०१९ को ५ अगस्टदेखि बन्द रहदै आएको छ । त्याहाँ करिब ९ लाख फौज तैनाथ रहेका छन् । उनीहरुले मानव अधिकारको उल्लंघन गरिरहेका छन् ।’

‘एएफएसपीए तथा पीएसए जस्तो कठोर नियमको प्रयोग भइर।हेको छ र १३ हजार भन्दा बढी कश्मीरीलाई उनीहरुको घर र उनीहरुको परिवारबाट अलग राखिएको छ र दुःख दिँइदै आएको छ । यस्तो अवस्थामा बिपिन रावतले कश्मीरी बच्चलाई डी–¥याडिकलाइजेसन क्याम्पपमा पठाउने सुझाव अत्यन्त निन्दनीय छ,’ पाकिस्तानी विदेश मन्त्रालयको बयानमा उल्लेख छ ।