पाकिस्तानले प्रविधि आदान–प्रदान कार्यक्रम अगाडि बढाउने

पाकिस्तानले प्रविधि आदान–प्रदान कार्यक्रम अगाडि बढाउने


चितवन–नेपालका  लागि पाकिस्तानी राजदूत डा मजर जाबेदले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ बलियो र सुदृढ बनाउने बताएका छन्।

भरतपुर महानगरपालिकाले साेमबार उनकाे सम्मानमा आयोजना गरेको कार्यक्रममा राजदूत जाबेदले नेपाल र पाकिस्तानको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन भरतपुर महानगरपालिका र पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध राख्न प्रस्ताव गरे।

पाकिस्तान सरकारले नेपालमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधि आदान–प्रदानका कार्यक्रम अगाडि बढाउन लागेको पनि उनले बताए।

महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको भौतिक, सामाजिक, सांस्कृतिक र प्राविधिक विकासको क्षेत्रमा मित्रराष्ट्र पाकिस्तानबाट प्राप्त भइरहेको सहयोग आगामी दिनमा पनि निरन्तरता रहने विश्वास व्यक्त गरे।