एजेन्सी – मेलबर्नमा जारी टेष्ट म्याचमा अष्ट्रेलियाले पाकिस्तानलाई ७९ रनले पराजित गर्दै तीन टेष्टको शृङ्खलामा २–० को अग्रता लिएको छ ।
यसअघि पर्थमा भएको पहिलो टेस्टमा अष्ट्रेलियाले पाकिस्तानलाई ३६० रनले पराजित गरेको थियो । दोस्रो टेस्टमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ३१८ रन बनाएको थियो जसको जवाफमा पाकिस्तानले २६४ रन बनाएको थियो ।
यसपछि अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा २६२ रन बनाएर पाकिस्तानलाई जितका लागि ३१७ रनको लक्ष्य दिएको थियो । तर खेलको चौथो दिनमा पाकिस्तानी टोली २३७ रनमा समेटिएको थियो । अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स सबैभन्दा सफल बलर साबित भए । उनले २ इनिङ्समा १० विकेट लिए ।
प्रतिक्रिया