पेशावर – केही दिनयता पाकिस्तानकी एक दुलही सोशल मीडियामा चर्चामा आएकी छन् । यी युवती यस कारणले चर्चामा आएकी छन् कि उनले लगाएको गहना गोलभेडाको हो ।
यी दुलहीले विवाहमा गोलभेडाको गहना लगाएकी छन् । किन गोलभेडाको गहना लगाएको भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘आजकल सुनको मूल्यमा धेरैनै वृद्धि भएको छ । गोलभेडाको मूल्य पनि सुन जस्तै आकासिएको छ । त्यसैले आफूले सुनको सट्टा गोलभेडाको गहना लगाएकी हुँ ।’
पाकिस्तानी टिभीमा आएको समाचार अनुसार दुलहीले गोलभेडाको गहना लगाएकी छन् । गोलभेडावाली यी दुलहीको क्लिप पाकिस्तानमा व्यापक चर्चामा आएको छ । उनले हार, चुरा, टिका सबैको गहना गोलभेडाको लगाएकी छन् ।
भिडियोमा एक न्यूज च्यानलका प्रस्तोताले दुलहीलाई विवाहका लागि बधार्इ दिँदै फेरी उनीसँग गोलभेडाको गहना किन लगाएको भनि प्रश्न गरेका छन् । यसको जवाफमा उनले भनिन्, ‘हाल देशमा गोलभेडाको मूल्य पनि सुनको बराबरीनै चलिरहेको छ । त्यसैले मैले सुनको सट्टा गोलभेडाको गहना लगाउने फैसला गरेकी हुँ ।’
दुलहीले टिभीमा भनेकी छन् कि आफ्नो सबै नातेदारले पनि उपहारमा गोलभेडा पठाएका छन् । आफ्नो देशको अर्थव्यवस्थाको बारेमा बताउँदै उनले भनिन्, ‘ मेरो आमा बुवाको घरबाट पनि उपहारमा गोलभेडाले भरिएको ३ सुटकेस पठाउनु भएको छ ।’
‘यो मुश्किलको समयमा आफ्नी छोरीलाई गोलभेडा दिएका छन्, उनीहरुले सबै चिज दिएका छन्,’ उनले भनिन् ।
आर्थिक मन्दीबाट चलिरहेको पाकिस्तानमा गोलभेडाको मूल्य प्रतिकेजी ५१२ रुपैयाँ पुगेको छ । नियन्त्रण बाहिरको महँगाइका कारण गोलभेडा लुट्ने सामग्रीको रुपमा परिचिति भएको छ ।
गोलभेडा खेतीको सुरक्षा मानिसले हतियार लिएर गरिरहेका छन् । गोलभेडा जस्तै अन्य तरकारीको मूल्य पनि पाकिस्तानमा आकासिएको छ ।
प्रतिक्रिया