पाकिस्तानी पूर्व सैन्य राष्ट्रपति परवेज मुशर्रफलाई किन दिइँदैछ मृत्यू दण्ड ?

पाकिस्तानी पूर्व सैन्य राष्ट्रपति परवेज मुशर्रफलाई किन दिइँदैछ मृत्यू दण्ड ?


पाकिस्तान – लहोर उच्च अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको मामिलामा मृत्यू दण्डको सजाय सुनाएको छ ।

मुशर्रफ हाल पाकिस्तानमा छैनन् । उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । संविधानका अवहेलना तथा गंभीर देशद्रोहको मुद्धामा उनले भनेका थिए,यो मामिला मेरो बिचारम पुरै किसिमले निराधार हो । देशद्रोहको कुरा छोडौ, मैलेत यो देशका लागि धेरै सेवा गरेको छु, युद्ध लडेको छु र १० वर्षसम्म देशको सेवा गरेको छु ।’

लाहोर उच्च अदालतका तीन सदस्यी बेन्चले बहुमतबाट यो फैसला सुनाएको हो । मुशर्रफले भिडियो जारी गर्दै भनेका थिए,’संविधानको अवहेलनाको मामिलामा उनको सुनुवाई भइरहेको छैन ।’

उनले भनेका थिए,’मेरा वकिल सलमान सफदरलाई समेत न्यायालयले सुनेको छैन । मेरो बिचारम यो ज्यादती भइरहेको छ र मसँग न्याय गरिएको छैन ।’

‘यो आयोगको नयायालयमा सुनियोस र मेरो वकिललाई पनि सुनियोस्,’ उनले भने । आफ्ना लागि न्याय गरिने आशा आफूले व्यक्त गरेको उनले बताए ।

घटना के हो ?

इश्लामावादको विशेष न्यायालयले ३१ मर्च २०१४ मा देशद्रोहको एक मामिलामा पाकिस्तानका पूर्व सैनिक परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

उनी पाकिस्तानको इतिहासमा यस्ता पहिला व्यक्ति थिए, जसका बिरुद्धमा संविधानको अवहेलनाको मुद्धा चलेको थियो ।

२०१३ को चुनावमा जीतपछि पाकिस्तान पुश्लिम लीग सरकारमा आयो । सरकारमा आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुशर्रफको बिरुद्धमा संविधानको अवहेलनाको मुद्धा दायर गरिएको थियो ।

पूर्व सैन्य राष्ट्रपतिको बिरुद्धमा एक गम्भीर देशद्रोहको मामिलाको सुनुवाई गर्ने विशेष न्यायालयका ४ प्रमुखलाई फेरिएको थियो ।

अभियुक्त परवेज मुशर्रफ आफूलाई आरोप लगाइएपछि केबल एक पटक विशेष न्यायालय समक्ष प्रस्तुत भएका थिए । त्यसपछि उनी कहिलेपनि अदालतमा उपस्थित भएका थिएनन् ।

यसैबीच २०१६ को मार्चमा स्वास्थलाई कारण देखाउँदै उनी विदेश गए । तत्कालिन सत्ताधारी पार्टि मुश्लिम लीगले एक्जिट कन्ट्रोल सूचीबाट उनको नाम हटाएको थियो । यसपछि उनलाई देश छोडेर जाने अनुमती दिइएको थियो ।