एजेन्सी – पकिस्तानको दक्षिणी सहर मुल्तानमा रहेको बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफीजलाई इश्वर निन्दाको आरोपमा अदालतले मृत्यूको सजाय सुनाएको छ ।
३३ वर्षका जुनैद हफीजलाई २०१३ को मार्च मा गिरफ्तार गरिएको थियो र उनीमाथि सोशल मीडियामा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणी पोष्ट गरेको आरोप लगाइएको थियो । १७ न्यायधीशले जुनैद हफीजलाई ८ लाख रुपैयाँको जरिवाना पनि सुनाएका छन् ।
इश्वर निन्दालाई पाकिस्तानमा गंभीरतापूर्वक लिने गरिन्छ । यहाँसम्मकी केबल आरोप मात्रै पनि कट्टरपन्थिको निशानामा पर्नका लागि पर्याप्त हुने गर्छ । हफीजका पहिला वकिल राशिद रहमानले २०१४ मा यो मामिलाको वकालतका लागि तयार भएका थिए । तर उनको पनि गोली हानेर हत्या गरिएको थियो ।
प्रतिक्रिया