पाकिस्तानी सेनाले दियाे परवेज मुशर्रफलाई साथ

पाकिस्तानी सेनाले दियाे परवेज मुशर्रफलाई साथ


इश्लामावाद – मंगलबार पाकिस्तानीको विशेष अदालतले पूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको मामिलामा दोषी ठहराउँदै संविधानको अनुच्छेद ६ अनुसार मृत्यूदण्डको सजाय सुनाएको थियो ।

पाकिस्तानको इतिहासमा कुनै सैन्य प्रमुखलाई देशद्रोहको मामिलामा दोषी ठहराएर मृत्यूदण्डको सजाय सुनाइएको यो पहिलो पटक हो । अदालतले यो फैसला २–१ को बहुमतको आधारमा सुनाएको हो ।

अदालतको यो पैmसलामाथि पाकिस्तानको सेनाले कडा बिरोध गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले वक्तव्य जारी गर्दै परवेज मुशर्रफको बिरुद्धमा अदालतको फैसलाबाट सेनालाई धक्का लागेको छ र यो अत्यन्त दुःखद भएको बताएका छन् ।

गफूरले आफ्नो बयानमा भनेका छन्, ‘पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफले देशको ४० वर्षसम्म सेवा गरेका थिए । जुन व्यक्तिले मुलुकको रक्षामा लडाइ लडेका छन्, उनी कहिलेपनि देशद्रोही हुन सक्दैनन् ।  यो अदालती कारबाहीमा संविधानको पनि उपेक्षा गरेको छ । याहाँ सम्म कि अदालतले स्वंम उनलाई बचाउ गर्ने मौका पनि दिएको छैन । ठोस प्रमाणको बिना हतारमा फैसला सुनाइएको छ ।’

अदालती फैसला मुलुकको संविधानको हिसाबबाट होस् भन्ने पेक्षा पाकिस्तानी सेनाको रहेको पनि गफूरले बताए । विशेष अदालतको तीन न्यायाधीशको बेन्चले यो फैसला सुनाएको हो ।

पेशावर उच्च अदालतका मुख्य न्यायाधीश जस्टिन वकारर अहमद सेठको अध्यक्षता भएको बेन्चमा सिन्ध उच्च अदालतका जस्टिन अकबर तथा लाहोर उच्च अदालतका जस्टिन शाहिद करिम संलग्न थिए ।