आतंकवादको विरोधमा पाकिस्तानी दूतावास अगाडि युवाहरुको प्रदर्शन

आतंकवादको विरोधमा पाकिस्तानी दूतावास अगाडि युवाहरुको प्रदर्शन


काठमाडौं – भारत प्रशारित जम्मू-कश्मिरको पुलवा जिल्लामा भएको आत्मघाती आक्रमणमा ४६ जना भारतीय सैनिक जवान मारिएपछि त्यसको आरोप पाकिस्तानमाथि लागेको छ । सोमबार काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि आतंकवादलाई प्रश्रय दिएको भन्दै युवाहरुको समूहले प्रदर्शन गरेका छन् ।

युवाहरुको समूहले भगवान् गौतम बुद्धको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।  प्रदर्शनमा सहभागीहरुले आफूहरु शान्तिको पक्षमा रहेको भन्दै कुनै पनि हिंसाका घटनालाई कसैले पनि बढावा दिन नहुने माग गरेका थिए ।

उनीहरुले पाकिस्तानलाई आतंकवादलाई प्रश्रय नदिन आग्रह गर्दै भारतको कश्मीरस्थित पुलवामामा भएको आत्घाती आक्रमणको पनि निन्दा गरेका छन् । पाकिस्तानमा आश्रय लिएको जैस ए मोहम्मद चरमपन्थी संगठनले आक्रमण गरेकाले त्यसको दोष पनि पाकिस्तानले लिनुपर्ने दाबी भारतको छ ।