पाकिस्तानसँग पुनःक्रिकेट खेल्न सकिँदैन : एस जयशंकर

पाकिस्तानसँग पुनःक्रिकेट खेल्न सकिँदैन : एस जयशंकर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय विदेशमन्त्री एस जयशंकरले यथास्थितिमा पाकिस्तानसँग पुनः क्रिकेट सम्बन्ध स्थापित गर्न नसकिने बताएका छन् ।

एस जयशंकरले एक कार्यक्रममा बोल्दै पाकिस्तानले आतंकवादलाई समर्थन गर्दासम्म भारतले पाकिस्तानसँग क्रिकेट खेल्न राजी नहुने बताए । दुबै देशले अन्तिम पटक सन् २०१२ मा क्रिकेट खेलेका थिए । तर दुबैले अन्तराष्ट्रिय प्रतियोगिता भने एकअर्काविरूद्ध खेल्दै आइरहेका छन् ।

‘दुई देशको सम्बन्ध यस्तो त हुँदैन । एउटा देश आतंकवादको समर्थन गरिरहने, आत्मघाती हमलाकारी पठाइरहने र हिसांलाई बढवा दिइरहेको अवस्थामा ठीकै छ, आउनुहोस् टि–ब्रेक लिएर यसो क्रिकेट खेलौं भन्ने कुरा सम्भव छ ?’, जयशंकरले भने ।

जयशंकरले त्यसक्रममा उरी, पठानकोट र पुलुवामा भएको आतंकवादी हमलाको उदाहरण दिँदै भने, ‘दुनियाँका विभिन्न भागमा आतंकवाद छ तर संसारमा आंतकवादलाई आफ्नो छिमेकीविरूद्ध प्रयोग गर्ने देश पनि कतै छैन’, उनले पाकिस्तानको आलोचना गर्दै भने ।