एजेन्सी – पाकिस्तानले भारतविरुद्ध सयुंतm राष्ट्रसंघमा पत्र पठाएको छ । बिहीबार पाकिस्तानका पराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसीले भारतले काश्मीरमा मिसाइल लञ्चर राखेको बताउँदै भारतले राखेको मिसाइलबारे विश्वलाई जानकारी दिन संयुक्त राष्ट्रसंघ पत्र पठाएको बताए ।
कुरेसीद्धारा लिखित पत्रमा भारतले पाकिस्तानमाथि आक्रमण गर्न कस्मिरमा मानव अधिकार हनन गरी विश्वको ध्यान तान्न खोजेको उल्लेख गरिएको छ । कुरेशीले भारतमाथि आणविक मिसाइल राखेको आरोप लगाए पनि कुनै प्रमाण भने उल्लेख गरेका छैनन् ।
यसबारे भारतको तर्फबाट कुनै प्रतिकृया भने आएको छैन । भारतले दक्षिण एसियामा पहिले नै तनाव भएको ठाउँमा झन् तनाव उत्पन्न गर्दै आएको भन्दै कुरेसीले भारतका गतिविधिबारे राष्ट्रसंघसँग प्रतिक्रिया मागेका छन । भारतले कस्मिरको विषेशाधिकार खोसेसँगै पाकिस्तानसँग उसको तनाव चुलिएको छ ।
प्रतिक्रिया