एजेन्सी – भारत प्रशासित कश्मीरको विषयमा पाकिस्तानले फेरि संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली निकाय सुरक्षा परिषदलाई कश्मीर मुद्दाबारे पत्र पठाएको छ ।
विदेशमन्त्री शाह महमूद कुरैशीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका अध्यक्षलाई लेखेको पत्रमा भारत प्रशासित जम्मू–कश्मीरमा मावनअधिकारको अवस्था गम्भीर संकटपूर्ण रहेको र त्यहाँको अवस्था सर्वसाधारणका लागि कठिन रहेको उल्लेख गरेका छन् ।
यो जानकारी पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले वक्तव्य जारी गरेर दिएका हुन् । कश्मीरमा तीन हप्तादेखि लकडाउनको अवस्था रहेको र त्यसलाई तत्काल हटाउनु पर्नेमा विदेश मन्त्री कुरैशीले जोड दिएको वक्तव्यमा उल्लेख छ ।
पाकिस्तानले सुरक्षा परिषदसँग ‘भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन समूहको संख्या दोब्बर बनाउन’ आग्रह गरेको छ । यस्तै अनुगमनकर्तालाई नियन्त्रण रेखा पारी जान भारतलाई सहमत गराउन पनि पाकिस्तानले सुरक्षा परिषदसँग आग्रह गरेको छ ।
My detailed letter to 18 UN Special Procedures mandate-holders on violations of international human rights law by the Government of India in IOK. pic.twitter.com/kWyuop6pS1
— Shireen Mazari (@ShireenMazari1) August 27, 2019
प्रतिक्रिया