पाकिस्तानको पूर्वी खोस्ट प्रान्तको मस्जिदमा आक्रमण, १२ को मृत्यु

पाकिस्तानको पूर्वी खोस्ट प्रान्तको मस्जिदमा आक्रमण, १२ को मृत्यु


एजेन्सी – पाकिस्तानको पूर्वी खोस्ट प्रान्तको मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ।  मस्जिदमा भएको घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए।

’सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु आएका थिए,’ उनले भने। ’घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका हुन्।’ सरकारी अधिकारीहरुले घटनाका बारेमा थप बताउन सकेका छैनन्।

कतिपयले घटनाका बारेमा बुझ्दा आत्मघाती आक्रमण भएको विश्वास गरेका छन्। तालिबान लडाकूहरुले घटना गराएको सरकारी अधिकारीहरुको आरोप रहेपनि तालिबान लडाकूहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। स्थानीयले घटनामा परी मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन्।