काठमाण्डु-पाकिस्तानी संसदको सुरक्षामा बिरालोलाई पनि खटाइने भएको छ । संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार संसदमा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो ।
पाकिस्तानी संसदमा मुसाको संख्या लगातार बढिरहेको छ । मुसाले संसदका महत्वपूर्ण कागजात पनि नष्ट गर्न थालेपछि अधिकारीहरू चिन्तित बन्न थालेका थिए ।
मुसाले संसदका विद्युत तथा इन्टरनेटका तार समेत काटेर हैरान पार्ने गरेका छन् । त्यसैले मुसा आतंकबाट मुक्ति पाउनका लागि संसदमा बिरालो खटाउने निर्णय गरिएको हो ।
प्रतिक्रिया