एजेन्सी – केही वर्ष पहिले रहस्यमय ढंगले बेपत्ता पारिएका सेवानिवृत्त पाकिस्तानी जनरल शाहिद अजीजको सन् २०१८ मा मृत्यु भएको जनाइएको छ ।
अजिजको मृत्युबारे नावा–ए अफगान जिहाद नामक अफगानी जिहादीको मुखपत्रले अजिजको अलकायदासँग निकट सम्बन्ध रहेको अरब न्यूजले उल्लेख गरेको छ । यो पत्रिका अल–कायदा समूहको भारतीय उपमहाद्वीपमा प्रकाशन हुने गरेको छ ।
तत्कालिन पाकिस्तानी सेनापति अजीज सन् २००५ मा ३७ वर्षको सेवापछि सेवा निवृत्त भएका थिए । परवेज मुशर्रफ सैन्य प्रमुख हुँदा अजीजले अन्य मुख्य पदहरूमा सेनाका महानिर्देशकको रूपमा काम गरेका थिए ।
सन् २०१३ मा पूर्व सेना प्रमुखको नीतिहरूको आलोचना गरिएको एउटा किताब लेखेका अजीजको सन् २०१८ मा मृत्यु भएका वा वेपत्ता भएका हल्लाहरू सार्वजनिक भएका थिए । तर, अजीजका आफन्तहरूले उनका दावीहरूलाई अस्वीकार गर्दै पूर्व जनरल धार्मिक प्रचारको ‘अत्यन्त निजी जीवन’ बिताइरहेका बताएका थिए ।
अल कायदाले उसको संगठनसँग अजीजको सम्लग्नता रहेको दावी गरिएको यो पहिलो घटना हो । नावा–ए अफगान जिहाद पत्रिकाको फेब्रुअरी अंकमा पूर्व पाकिस्तानी सैनिक जनरल अजिजको अलकायदाका सदस्यहरूसँग घनिष्ट सम्बन्ध रहेको दावी गरिएको थियो ।
अलकायदा निकट मानिने उक्त पत्रिकाले अजिजले सन् २०१५ मा लेखेको भनिएको एक पुस्तकको पाण्डुलिपीको केही भागलाई छापेको छ जसमा यसलाई मार्चमा उर्दू भाषामा छापिने बताइएको छ ।
अलकायदा भारतीय उपमहाद्वीपको गठन पाकिस्तान, भारत, अफगानिस्तान, म्यान्मा र बगलादेशका सरकारसँग उक्त समूहको संघर्षलाई अघि बढाउन लक्षित गरी सन् २०१४ मा अल कायदा प्रमुख आयमन अल–जवाहिरीले गठन गरेको विश्वास गरिन्छ ।
प्रतिक्रिया