पाकिस्तानका प्रधानमन्त्री भष्ट्राचारको आरोपमा बर्खास्त

पाकिस्तानका प्रधानमन्त्री भष्ट्राचारको आरोपमा बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– भष्ट्राचारको आरोप लागेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले राजीनामा दिएका छन् । पाकिस्तानको शरिफलाई सर्वोच्च अदालतले सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् । विपक्षी दलका नेता इमरान खानलगायतले प्रधानमन्त्री सरिफविरुद्ध अकुत सम्पत्ति कमाएर विदेशमा राखेको आरोप लगाउदै मुद्दा दायर गरेपछि सर्वोच्चले त्यसमा फैसला गर्दै उनलाई दोषी ठहर गरेको हो ।

 

सर्वोच्च अदालतका न्यायाधीश असिफ सइद खोसासहित पाच जना न्यायाधीशहरु एजाज हसन, एजाज अफजल, सईद शेख र गुलजार अहमदको इजलासले अकुत सम्पत्ति कमाएर विदेशमा राखेको ठहर गर्दै नवाज शरिफलाई सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेको हो ।

 

३ पटक पाकिस्तानको प्रधानमन्त्री बनेका शरिफमाथि विदेशी बैंकहरुमा अकुत पैसा जम्मा गरेको र लण्डनमा सम्पत्ति जोडेकोमा अदालतले दोषि ठहर गरेको हो । तर नवाज सरिफले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन्  ।

२०१६ मा सार्वजनिक भएको पनामा पेपरमा शरिफले आफना सन्तानको नाममा विदेशी बैंकमा पैसा राखेको खुलासा गरेको थियो । अदालतले नवाज शरिफका छोरी र ज्वाईलाई समेत दोषि ठहर गरेको छ ।