हिरासत फोडेर भागेका ९ मध्ये ४ थुनुवा पक्राउ

हिरासत फोडेर भागेका ९ मध्ये ४ थुनुवा पक्राउ


जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ मध्ये ४ थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

यस्तै लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल अझै फरार छन् ।

सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो ।

भागेका आठ जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।