काठमाण्डु–अपरहण मुद्दामा फरार रहेका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १३ बस्ने पेशल कुमार सुनुवार र विराटनगर महानगरपालिका ०१ बस्ने मनोज मण्डल रहेका छन् ।
सर्वोच्च अदालत काठमाडौंबाट २०७१ मंसिर ०९ गते अपहरण तथा जजक मुद्धामा कैद फैसला भइ फरार रहेका उनीहरुलाई पक्राउ गरिएको हो ।
सुनुवारलाई ६ बर्ष ९ महिना कैद फैसला सुनाइएको थियो । उनीहरुलाई मंसिर १० गते पक्राउ गरि जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया