काठमाण्डु– पोखराको संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका– २३ मा रहेको संघर्षशील सहकारीको ठगी आरोपमा अध्यक्ष विक्रम पाण्डे र सचिव तथा प्रबन्धक कमल सुवेदी पक्राउ परेका हुन् ।
उनीहरुलाई सहकारीको २ करोड ९६ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले वित्तीय विश्लेषण गरेर प्रहरीलाई प्रतिवेदन बुझाएपछि उनीहरू पक्राउ परेका हुन् ।
वित्तीय विश्लेषण अनुसार अध्यक्ष पाण्डेले ५५ लाख हाराहारी र सुवेदीले बाँकी रकम हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया