काठमाण्डु– जबरजस्ती करणीको आरोपमा मोरङबाट एक भारतीयसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा– २ बस्ने २० बर्षीय महमद रमजान, सोहि ठाँउका १९ बर्षीय सुनिल कुमार साह र भारत, विहार राज्य अररियाको कुसकिट्टा ग्राम पंचायत वडा– ९ घर भई हाल कटहरीको ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर रहेका छन् ।
उनीहरुले गत पुस ९ गते राति मोरङ जहदा गाँउपालिका–३ बस्ने बर्ष २२ कि युवतीलाई खेतमा लगेर बलात्कार गरेका थिए ।
उनीहरुले बिहान अन्दाजी ०४ः३० बजे शौच गर्न गएको समयमा पछाडिबाट मुख छोपी सिटी सफारीमा राखेर घरबाट अन्दाजी ३ किलोमिटर उत्तर–पूर्व बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।
करणी पछि कालो सारीको कपडाले हात र खुट्टा बाँधि मुखमा समेत कपडा कोची सोही अवस्थामा छाडी फरार भएका थिए ।
अर्ध चेत अवस्थामा स्थानियले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी उपचारको लागि कोशी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।
जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया