१७ अर्ब ८६ करोडको अबैध कारोबार गर्ने गिरोह पक्राउ

१७ अर्ब ८६ करोडको अबैध कारोबार गर्ने गिरोह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अवैध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।

विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको आरोपमा विभिन्न ११ जिल्लाका २१ जना पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई सोमबार सार्वजनिक गरेको हो।

प्रहरीले अवैध वित्तीय कारोबार गर्ने १८ वटा कम्पनिमाथि अनुसन्धान थालेको छ। जसको अवैध कारोबार रकम मात्रै १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ देखिएको प्रवक्ता एवं एसपी सुधिरराज शाहीले बताए ।

अहिले नेपालमा आन्तरिक विप्रेषण बन्द गरिएको छ। अर्थात, हुण्डी कारोबार रोक्नलाई नेपालभित्र रेमिटेन्सको कारोबार गर्न रोकिएको थियो।

त्यसैबीच यस्ता कम्पनीहरू हुण्डी कारोबारमा संलग्न भएको देखिएको प्रहरीले बताएको छ।

भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली लगायतबाट आर्जन भएको अवैध रकमलाई वैध बनाउन यस्ता मार्गको प्रयोग गरिन्छ। गैरकानुनी रूपमा आर्जन गरिने रकमलाई सुरूमा विभिन्न डिजिटल वालेट कम्पनीहरूको नाममा राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

पक्राउ पर्नेको नाम ठेगाना

क्र.स.पक्राउ (संचालक)उमेर
(बर्ष)
ठेगानाएजेन्टको नाम / कम्पनिको नामअबैध कारोवारबाट हालसम्म खुल्न आएको रकम
१.विरेन्द्र प्रसाद साह५९मोरङDS TRADERS TATHA REMITTANCE२,८२,१९,३३,०१८ ।-
२.दिपेन्द्र प्रसाद साह३१मोरङ
३.श्रवण कुमार साह२४महोत्तरीDIP JYOTI TRADERS१,५१,२०,६०,४२४ ।-
४.तारालाल यादव३२सप्तरीRIYA TRADERS१,३९,५५,३५,४२५ ।-
५.हरेराम महतो२५सर्लाहीAANAND TRADERS१,०२,६३,९८,८४७ ।-
६.निरोज कुमार महतो३१धनुषाNEW SANDHYA ENTERPRISES८४,०७,८६,५८४ ।-
७.अलिता देवी महतो४५धनुषाALITA MONEY TRANSFER९६,७५,४६,६०० ।-
८.प्रकाश सिंह३५धनुषा
९.अरुण कुमार साह२७धनुषाSHREE ANJAL ENTERPRISES८६,८५,३४,५७३ ।-
१०.प्रदिप कुमार साह२६पर्साR. AND R. SUB REMIT PRIVATE LIMITED१,०१,१५,९१,९२० ।-
११.संजिव कुमार महतो४४धनुषाJAY MA JANAKI MONEY TRANSFER६४,०३,८८,५०५ ।-
१२.राज कमल लोनिया२२नवलपरासीPUJA SUPPLIERS९७,५९,९८,३२५ ।-
१३.भिम कुमारी गुरुङ४३नवलपरासीTASHI TRAVELS AND TOURS७९,७१,२४,१८४ ।-
१४.राम विलास साह तेली३५सप्तरीSHIVAM ENTERPRISES९९,२८,२६,७७० ।-
१५.ममता कुमारी साह३२सप्तरी
१६.बिकर्ण जंग राणा३२पर्साSASVIKA MONEY TRANSFER६८,६४,५६,४०७ ।-
१७.गणपती पाण्डे३४नवलपरासीGOLDEN SKY TOURS AND TRAVELS९१,१२,७५,८३२ ।-
१८.सलमा खातुन३८विरगंजKHUSI MONEY TRANSFER७५,५५,२६,३५८ ।-
१९.शुसिला कुमारी शाहु३१सप्तरीRADHIKA TRADERS५७,४८,९४,८२२ ।-
२०.गोविन्द प्रसाद आचार्य६४चितवनHIMALAYAN MONEY TRANSFER५१,४९,०९,७४४ ।-
२१.सम्भु मेहता२२सप्तरीSAGARMATHA REMITTANCE५७,३२,५०,७६९ ।-
जम्मा: (सत्र अर्ब छयासी करोड सत्तरी लाख उनान्चालिस हजार एक सय सात रुपैँया ।१७,८६,७०,३९,१०७ ।-