काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्ने एक जना सुरक्षागार्ड पक्राउ परेका छन्।
शुक्रबार ठमेलको छाया सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने ग्रुप फोर सेक्युरिटीका सुरक्षागार्ड शेरजंग कुँवर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले मन्त्रीमाथि दुव्र्यवहार गरेको जाहेरी परेपछि छाया सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको जानकारी दिए ।
उनीमाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको एसएसपी बोहराले जानकारी दिए । स्रोतका अनुसार छाया सेन्टर पुगेका मन्त्रीलाई सुरक्षागार्डले जो आएपनि लाइनमा बस्नु पर्ने भनेका थिए ।
प्रतिक्रिया