पाकिस्तानमा निर्वाचनकै दिन विस्फोट, २७ को मृत्यु

पाकिस्तानमा निर्वाचनकै दिन विस्फोट, २७ को मृत्यु


काठमाडौं – पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहेकै दिन क्वेटामा एउटा विस्फोट गराइँदा कम्तीमा २७ जनाको ज्यान गएको छ ।

मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले बताएका छन्। देशका अरू भागमा राजनीतिक दलका समर्थक र विरोधीहरूबीच झडपहरू भएका विवरण प्राप्त भएका छन्।

चुनावमा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री नवाफ शरिफको दल पीएमएल-एनलाई टक्कर दिने ठानिएको छ। विविसी