पालुङ जेसिजमा नयां नेतृत्व, नयां नेतृत्वद्धारा सुनौलो वर्ष बनाउने घोषणा

पालुङ जेसिजमा नयां नेतृत्व, नयां नेतृत्वद्धारा सुनौलो वर्ष बनाउने घोषणा


पालुङ – पालुङ जेसिजको १८ आंै पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उत्तरी मकवानपुरको थाहामा विगत १७ वर्ष देखि युवा नेतृत्व विकासमा लागि परिरहेको जेसिजको शुक्रबार पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

 

 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमख आथ्यिता तथा वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिका नगर प्रमुख विष्टले १८ देखि ४० वर्षको उमेर संसार परिवर्तनको उमेर भएको भन्दै जेसिजको सारलाई व्यवहारमा उतारी समाज विकासमा लाग्न जेसिहरुलाई शुभकामना दिए ।

 

 

साथै उनले सहकार्य बोलीमा मात्र नभई कार्य मा नै हुनपर्ने भन्दै पालुङ जेसिज संग सदैब हातेमालो गरेर अघि बढ्ने बताए । वर्ष २०१७ का महा सचिव विक्रम केसीले सञ्चालन गर्नु भएका कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि जनक राज घिमिरे तथा थाहा नगरपालिकाका उप प्रमुख खडग गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो । उपाध्यक्ष घिमिरेले राष्ट्रिय कार्यक्रमको लागि पालुङ जेसिजलाई आफूले सक्दो साथ र सहयोग गर्ने बताए ।

 

 

उनले यहाँको कार्यक्रमले नेपाल जेसिजमा कम्पन आउनु पर्ने कुरा औल्याए । वर्ष २०१८ का नव निर्वाचित अध्यक्ष विजय श्याम अमात्यले आफ्नो पदभार ग्रहण गर्दै वर्ष २०१८ को टिमले वर्ष २०१८ लाई सुनौले वर्ष बनाउने कुरामा विश्वास दिलाए ।

 

 

साथै उनले आफुलाई अध्यक्ष बन्नको लागि कुमार नेगी र सुवास गोपालीले विशेष त्याग गरेको भन्दै उनीहरुको प्रशंशा गरे । अमात्यले अहिले सम्म जेसिजमा साथहरु एकदम बलियो पाएको बताउदै आफुले धेरै भाषणमा भन्दा पनि अब एजेण्डामा रहेर काम गर्ने बताए ।