काठमाडौं– नवगायिका स्मिता दाहाल र सरोज ओलीको स्वरमा रहेको ‘पानी कुवा’ बोलको युट्युबमा हिट बनेको छ।
कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको भिडियो युट्युबको नेपाल ट्रेन्ड सेभनमा परेको छ। र, स्मिताको चर्चा फेरि चुलिएको छ।
- शुभ मिडिया होमले बजारमा ल्याएको गीतमा कार्टुन क्रू, प्रियंका कार्की, सरोज ओली र स्मिता दाहालले अभिनय गरेका छन्। कबिराज गहतराजले निर्देशन गरेको गीतका बोल दिनेश थपलियाले लेखेका हुन ।
यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन । कोही फूल जस्ती भन्छन कोही जस्ती भन्छिन् भन्ने बोलको उक्त एल्बमको गीत पनि निकै चर्चित भएको थियो ।
स्वरमा आफ्नै मौलिकता भएकी स्मिताको यो गीत अहिलेसम्म युटयूबमा ट्रेण्डिङ क्रममा रहेको छ ।
स्मिताको नयाँ गीत हालसम्म युट्युबमा ४४ लाख ९३ हजार पटक क्लिक भइसकेको छ।
स्मिता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन्।
प्रतिक्रिया