काठमाण्डु-काठमाडौंको किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुराँको मिनरल वाटरको बोटलमा किरा भेटिएको छ । पिउने पानीको बोटलमा नै किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट सञ्चालकलाई राखेर बोटल सिल गरेको छ । पछिल्लो समय महानगरले स्वास्थ्यलाई ध्यान दिएर रेष्टुरेन्टमा खानेकुराकानीको गुणस्तरमा कडाई गर्न थालेको छ ।
किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुरेन्ट लेखिएको पानीको बोटलमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाका कर्मचारीले उक्त बोटल सिल गरेका हुन ।
मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपन्छी विभागमा पठाएको छ । मिनिरल वाटरको बोटलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए ।
प्राविधिक पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो÷होइन रु परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ ।
उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने किम्चीमाथि थप कारबाही गर्ने महानगरको तयारी छ ।
प्रतिक्रिया