पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेकाे छ ।

मंगलबार हङकङको मिसन रोड मैदान मोङकोकमा भएको खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनायाे ।

पीएनजीका हिरी हिरीले २८ रन बनाए । ओपनर सेसे बाउले २१ र टोनी उराले १३ रन थपे । नोसाइना पोकानाले १२ रन जोडे ।

नेपालका कुशल भुर्तेलले चार विकेट लिए । घातक बलिङ गरेका भुर्तेलले चार ओभरमा १२ रन मात्र खर्चिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।

यस्तै, प्रतिश जिसीले दुई र आकाश चन्दले एक विकेट लिए । त्यसअघि, दुई ब्याटरले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो ।