काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्व कप्तान समेत रहेका सचिव पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने बताए ।
अब ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । नेपाली क्रिकेटका संरचनालाई बलियो बनाउने काम गरिरहेको बताउँदै उनले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्ने बताए ।
खेलको जीत मात्रै नभई क्रिकेट कल्चरलाई विकास गर्नुपर्ने धारणा उनले राखे । थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै आएको उनको भनाइ छ । उनले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको समेत बताए ।
प्रतिक्रिया