परराष्ट्रमन्त्री ज्ञवाली र नवनियुक्त चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र नवनियुक्त चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता


काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छीले मंगलवार परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको कार्यालयमा उक्त भेटवार्ता भएको हो ।

यसअघि सोमवार राजदूत होउले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी थिइन् ।