पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना


पर्वत– पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका–२, कुश्मा–बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा बिपरीत दिशाबाट आएको बससँग ठोकिएको हो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।

घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।