शपथ ग्रहणका लागि प्रधानमन्त्री दाहाल शीतल निवासमा

शपथ ग्रहणका लागि प्रधानमन्त्री दाहाल शीतल निवासमा


काठमाण्डु – ​नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।