अध्यक्ष प्रचण्डको जवाफ : काम नगरे मेरो घरबेटीलाई पनि कारबाही हुन्छ

अध्यक्ष प्रचण्डको जवाफ : काम नगरे मेरो घरबेटीलाई पनि कारबाही हुन्छ


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदार जो कोहीलाई पनि कारबाही गर्ने बताएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले तोकिएकै समयमा काम गर्नुपर्ने बताएका छन् ।उनले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

प्रचण्डले भने, ‘म जसको घरमा बसेको छु, त्यो घरको मान्छेले पनि गल्ती र्गयो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ।’

ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् ।