अध्यक्ष प्रचण्डले भने : कार्यकारी राष्ट्रपति अहिले होइन, चुनावका बेला हुनसक्छ

अध्यक्ष प्रचण्डले भने : कार्यकारी राष्ट्रपति अहिले होइन, चुनावका बेला हुनसक्छ


विराटनगर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने बेला नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘अहिलेको स्थिर सरकारले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने बेला भएकाले कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुन जरूरी छ ।’

प्रचण्डले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे चर्चा चलेको । तर अहिले तत्काल त्यसको संभावना नभएको बताए । साथै राजपालाई पनि सरकारमा सहभागी गराउने बारे एकचरण छलफल भएको र अब पूनः छलफल हुने बताए ।

प्रदेश २ मा अहिले नै तत्काल बामपन्थी सरकार बनाउनु भन्दा सुशासन र विकासमा लाग्ने पहिलो प्राथमिकता भएको उनले बताए । संघीय समाजवादी र राजपाको गठबन्ध टुटेपछि प्रदेश २ मा बामपन्थीले सरकार बनाउने उनको भनाई थियो ।