राष्ट्रिय एकता र समृद्धिका लागि नयां संकल्प गर्न प्रचण्डको आह्वान

राष्ट्रिय एकता र समृद्धिका लागि नयां संकल्प गर्न प्रचण्डको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि नयां संकल्प गर्न आह्वान गरेका छन् । उनले देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले आफूहरुले त्यस्तो हुन नदिने बताए ।

 

आज (सोमबार) प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकारहरुलाई आह्वान गरे ।

 

वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिवद्धता जनाउंदै प्रचण्डले जनताका सपना पूरा नभएको वताए । तत्कालीन युद्धमा कलम, बन्दुक, र मादललाई मुख्य हतियार वनाइएका थिए ।

 

 

बन्दुक र मादलले जति सपना पुरा भए अब कलम मुख्य हतियार बनेकाले बंँकी सपना पुरा गर्न कलमका माध्यमबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

 

 

उनले जनताका सपना अव वाम गठबन्धनको स्थीर सरकारले पुरा गर्ने पनि जिकिर गरे ।