चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं : प्रचण्ड 

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं : प्रचण्ड 


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका छन् ।  

बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले शनिवार राजधानीमा आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको कार्यक्रममा बोल्दै प्रचण्डले एक चीन नीतिप्रतिको नेपालको अडान दोहोर्याएका हुन् । 

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालका विकासका निम्ति चीनबाट वृहत सहयोग अपेक्षा गरेको धारणा समेत राख्नुभयो । उनले वर्तमान सरकारले लगानीको वातावरण बनाएको भन्दै सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन सरकार क्रियाशील रहेको जानकारी दिए । 

प्रचण्डले चीन नेपालको भरपर्दो विकास साझेदार भएको भन्दै चीनको विकासबाट लाभ लिन खोजेको बताए ।