मधेषबारे बोले प्रचण्ड- ‘वाम सरकारले मधेषका समस्या हल गर्छ’

मधेषबारे बोले प्रचण्ड- ‘वाम सरकारले मधेषका समस्या हल गर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेषका मागलाई सम्बोधन गर्ने बताएका छन् । उनले वाम गठवन्धनको सरकार बनेपछि मधेसका मुद्दालाई सम्बोधन गर्ने दाबी  गरे ।

 

 

 

राजपाका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मधेषका जायज माग सम्बोधन गर्नुका साथै मधेषको विकासमा ध्यान दिने बताए ।

 

 

‘हाम्रो सरकारले मधेषका समस्या समाधान गर्छ, त्यतिमात्र होईन मधेषको विकासका लागी समेत हामी ध्यान दिन्छौ ।’ प्रचण्डले शुक्रबार आयोजित कार्यक्रममा भने ।

 

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड मधेषको मामलामा पहिलेदेखी नै उदार मानिन्छन् । उनी प्रधानमन्त्री हुंदा समेत मधेषका माग सम्बोधन गर्ने प्रयत्न गरेका थिए ।

 

प्रचण्डले राजनितिक क्रान्तिको चरण सकिएको दाबी गर्दै अब भने मुलुकमा आर्थीक क्रान्तिको खांचो रहेको बताए । उनले शान्तिपूर्ण माध्यमबाट सबै समस्याको हल गर्ने दाबी गर्दै नयां संविधानले समेत सबैको अधिकारको ग्यारेण्टी गरेको दाबी गरे ।