यी हुन प्रचण्डसंग चुनाव लड्ने कांग्रेस–एमालेका उम्मेदवार ?

यी हुन प्रचण्डसंग चुनाव लड्ने कांग्रेस–एमालेका उम्मेदवार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक चहलपहल बढेको छ। कार्यकर्ता र मतदातामाझ, टिकटका आकांक्षी, चुनावी प्रतिस्पर्धा र वाम गठबन्धनको प्रभावबारे कौतुहल देखिन्छ।

 

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएपछि चौतारा, चिया पसल र सार्वजनिक कार्यक्रममा उनकै चर्चा छ। यसअघि काठमाडौं, रोल्पा र सिरहाबाट चुनाव लडेका दाहाल पहिलोपटक गृहजिल्लाबाट प्रतिस्पर्धा गर्दैछन्।

 

 

 

जनता रिझाउन उनी पटककपटक जिल्ला धाइरहेका छन्। माओवादी केन्द्रले क्षेत्र नम्बर २ बाट रामबहादुर थापा र ३ बाट दाहालको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ। १ मा भने कसैको नाम सिफारिस भएको छैन।

 

 

‘एमालेसंग तालमेलपछिसहमतिअनुसार १ नम्बर क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरिएको छैन’,जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले भने, ‘प्रदेशसभाका लागि अहिलेसम्म कसैको नाम सिफारिस भएको छैन।’

 

 

कांग्रेसले समानुपातिक र प्रत्यक्षसहित २ सय ७४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ। क्षेत्र नम्बर १ मा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाको नाम सिफारिस गरिएको छ।

 

 

यस्तै २ मा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, राजेश्वर खनाललगायतको नाम सिफारिस गरिएको छ।

 

 

यस्तै ३ मा सांसद रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, अञ्जनी श्रेष्ठलगायतको नाम सिफारिस गरिएको छ। एमालले भने क्षेत्र नम्बर १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम सर्वसम्मत रूपमा जुटाएको छ।

 

 

२ मा कृष्णभक्त पोखरेलको नाममा सहमति जुटेको छ भने ३ मा घनश्याम भट्टराई, शंकर थपलियालगायतका नाम सिफारिस भएको छ । आजको कान्तिपुर  दैनिकमा समाचार छ ।