पार्टी एकता र सरकार निर्माण संगसंगै,संविधान संशोधन आवश्यकताअनुसार : प्रचण्ड

पार्टी एकता र सरकार निर्माण संगसंगै,संविधान संशोधन आवश्यकताअनुसार : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निमार्ण र पार्टी एकता संगसंगै अघि बढ्ने बताएका छन् ।

 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि चितवनमा संचारकर्मीसंग सोमबार कुरा गर्दै प्रचण्डले समय अभावका कारण चुनावअघि पार्टी एकता हुन नसकेको दाबी गरे ।

 

उनले जनताले विकास र स्थायीत्वको लागी मत दिएको भन्दै नयां बन्ने सरकारले जनचाहनाअनुसार काम गर्ने बताए । उनले सरकार निर्माणमा कुनै समस्या नहुने भन्दै सम्बृद्धिको लागी आफुहरुले स्वार्थ विना काम गर्ने समेत प्रतिवद्धता जनाए ।

 

 

 

पराजय भोग्ने थाहा हुदा हुदै पनि चुनाव गराएकोमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए ।

 

 

‘हार हुन्छ भन्ने जानकारी हुदा पनि उहाले चुनाव गराउनुभयो,यसका लागी प्रधानमन्त्रीजी धन्यवादको पात्र हुनुहुन्छ ।’ प्रचण्डले भने ।

 

 

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई नम्बर प्रदेशको परिणाम सन्तोषजनक नभएको प्रतिक्रिया दिए । उनले दुई नम्बर प्रदेशमा बाम गठवन्धनले अझै मेहनत गर्ने बताए ।

 

प्रचण्डले संविधान संशोधन आवश्यकता अनुसार हुने धारणा समेत व्यक्त गरे ।