प्रचण्डले भने – नयां सरकार गठन अघि नै पार्टी एकता हुन्छ

प्रचण्डले भने – नयां सरकार गठन अघि नै पार्टी एकता हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयां सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास भइरहेको बताउनुभएको छ ।

 

शनिबार दिउंसो सिन्धुली जिल्लाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले धेरैपटक भनिसकेको छु, पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन ।  पछाडि फर्कने पुल भत्काइसकेका छौं। हिजो मात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो। नयां सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुङ्गाउने प्रयास गरेका छौं, अब छिटै पार्टी एकता हुन्छ।’

 

 

‘बाम गठबन्धनलाई जनताले अत्याधिक मतले जिताएका छन्। यो हाम्रा लागि अवसर मात्र होइन, चुनौति पनि हो’ प्रचण्डले भन्नुभयो, ‘जनताले हामीबाट धेरै नै आशा राखेका छन्, अब पनि अस्थिरता, भ्रष्टाचार, अनि झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउ रहदैन। यो शान्ति, सुशासन र समृद्धिका लागि जनताले दिएको ठूलो मौका हो, यसलाई हामीले कुनै हालतमा चुक्न दिने छैनौं।’