आलै पालो प्रधानमन्त्री बन्ने सहमती भएको प्रचण्डको दावी

आलै पालो प्रधानमन्त्री बन्ने सहमती भएको प्रचण्डको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको खुलासा गरेका छन् । चितवनबाट निर्वाचित भएपछि पहिलो पटक भरतपुर पुगेका प्रचण्डले एमाले र माओवादीबीच पालै पालो प्रधानमन्त्री बन्ने सहमती बनेको दाबी गरे ।

 

 

उनले दुई पार्टीबीच एकताका लागी छलफल भइरहेको भन्दै  त्यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गरे  । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार गठनको प्रक्रिया छिट्टै सुरु हुने बताए ।

 

‘बाहिर भनेजस्तो पार्टी एकताको लागी कुनै समस्या छैन्, केही दिनमा संयोजन समितिको बैठक पनि वस्छ’ अध्यक्ष प्रचण्डले भने ।