नेकपा अध्यक्ष प्रचण्ड फेरी सिंगापुर जांदै

नेकपा अध्यक्ष प्रचण्ड फेरी सिंगापुर जांदै


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर जाने भएका छन् । पारिवारीक स्रोतले दिएको जानकारीअनुसार प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि बुधवार राति त्यसतर्फ जांदैछन् । प्रचण्डसंगै पत्नी सिता, कान्छी छोरी गंगा दाहाल र भतिजा समिर दाहाल सिल्क एयरको उडानबाट बुधवार राति ९ बजे सिंगापुर जाने भएका हुन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड यसअघि पनि १५ दिन सिंगापुर बसेका थिए । प्रचण्ड पत्नी सिता लामो समयदेखी नै अस्वस्त् छिन् । उनको यसअघि सिंगापुरस्थित एमपी एलिजाबेथ अस्पतालमा वाटर थेरापी गरिएको थियो । पारिवारिक स्रोतकाअनुसार प्रचण्ड पत्नी सिताको अस्पतालमा फलोअपका लागि सिंगापुर जान लागेका हुन् ।

उनी एक साता त्यहा बस्ने कार्यक्रम छ । केही समयअघि प्रचण्ड भारत र चीनको भ्रमणमा गएका थिए । उनको सिंगापुर भ्रमणलाई कतिपयले राजनीतिक कोणबाट समेत हेरेका छन् । तर,पारिवारीक स्रोतले भने त्यसलाई अस्विकार गरेको छ ।