नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता,के भयो कुराकानी ?

नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता,के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अमेरिकाको दक्षिण तथा मध्य एशिया हेर्ने उप सहायक विदेशमन्त्री एलिस जी वेल्सबीच भेटवार्ता भएको छ । पत्नी सिता दाहालको उपचारको लागी अमेरिका भ्रमणमा रहेका प्रचण्डले सोमबार वेल्ससंग भेटवार्ता गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अमेरिकामा महत्वपूर्ण राजनीतिक भेटघाट गरेका छन् । गत साता नेपालका लागि पूर्व अमेरिकी राजदूत डेलिसीसंग भेटवार्ता गरेका थिए ।

वेल्ससंगको भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसंगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएको उनकी निजी सचिव गंगा दाहालले जानकारी दिईन ।

भेटमा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई ऐतिहासिक रुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको भन्दैै नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहनेमा आफु आशावादी रहेको बताएका थिए ।

अमेरिकी उपमन्त्री वेल्सले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको भन्दै भविष्यमा समेत सहयोग निरन्तर रहने प्रतिवद्धता जनाएकी थिईन ।